दफा २५३
आपराधिक लाभ (एक्सटर्सन) लिन नहुनेः

(१) कसैले आपराधिक लाभ (एक्सटर्सन) लिन वा लिन लगाउन हुँदैन ।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले कुनै व्यक्तिलाई निजको वा अरु कसैको कुनै क्षति पुर्याउने डर त्रासमापारी निजबाट बेइमानीपूर्वक आफ्नाे वा अरु कसैको लागि कुनै लाभ उठाएमा वा त्यस्तो लाभ उठाउने नियतले कुनै कामगराएमा वा निजलाई कुनै काम गर्नबाट रोकेमा आपराधिक लाभ लिएको मानिनेछ ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछ:-
(क) आपराधिक लाभ लिने नियतले कसैको ज्यान लिने, अङ्गभङ्ग गर्ने वा गम्भीर चोट पुर्याउने डर वा त्रासदेखाएमा सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँँसम्म जरिबाना,
(ख) कसैको व्यवसायमा गैर कानूनी तरिकाले कुनै क्षति पुर्याउने वा चरित्रमा झुठो दोष लगाउने नियतले डर,त्रास देखाई आपराधिक लाभ लिएमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना,
(ग) खण्ड (क) वा (ख) मा लेखिएदेखि बाहेक अन्य अवस्थामा आपराधिक लाभ लिएमा एक वर्षसम्म कैद र दश हजाररुपैयाँँसम्म जरिबाना ।